‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर धकेल्नु हो’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ ।

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले के अहिले आफुले राजीनामा दिन मिल्छ भन्ने प्रश्न गर्नुहुँदै अहिले आफुले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्ने भएकाले आफुले राजीनामा नदिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफु विरुद्ध अविश्वास प्रस्ताव ल्याउने कुरा सुनेको तर त्यसबाट केही नहुने बताउनुभयो ।आफु यो पदमा कुनै जालझेल र तिकडमबाट नआएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको आवश्यकता र समर्थनबाट आएकोले ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।

उहाँले अस्थिरताको खेती गरेर देशलाई अस्थिरतातिर धकेल्ने बानी परेकाहरु छन् भन्नुहुँदै देशलाई आफुले स्थिरतातर्फ लाने विश्वास व्यक्त गर्नुभयो । –रासस


ताजा खबर