इन्डियन प्रिमियर लिगमा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।
जसमा पहिलो क्वालिफायर्समा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्ने भएका छन भने इलिमिनेटरमा सनराइजर्स हैदरावाद र रोयल च्यालेञ्जर्स बैंगलोरविच प्रतिस्पर्धा हुने भएको छ ।
हैदरावादले मुम्बईलाई हराएसँगै लिगको तेस्रो स्थानमा रहँदै हैदरावादले प्लेअफमा स्थान बनायो ।
समान अंक भएपनि रनरेटका आधारमा बैंग्लोरलाई पछि पार्दै हैदरावादले शिर्ष चारमा स्थान बनायो ।
अब पहिलो क्वालिफायर्समा जित्ने टिमले फाइनलमा स्थान बनाउनेछ ।
त्यसपछि इलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरीने छ भने विजेता टिमले पहिलो क्वालिफायर्ससँग हार्ने टिमसँग दोस्रो क्वालिफायर्स खेल्नेछ ।
त्यो खेलमा हार्ने टिम प्रतियोगिताबाट बाहिरीनेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १० तारिखमा हुनेछ ।