आईपीएल सीजन १३ को एलिमिनेटरमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) लाई ६ विकेटले पराजित गर्दै क्वालिफायर २ मा प्रवेश गरको छ ।
अबुधाबीस्थित शेख जयिद अन्तराष्ट्रिय रंगशालामा गएराति भएको खेलमा बैंगलोरले दिएको १३२ रनको लक्ष्य हैदराबादले १९.४ ओभरमा प्राप्त गर्यो । टस जितेर ब्याटिङ रोजेको हैदराबादको तर्फबाट केन विलियमसनले ५० रन बनाउँदै टिम लाई विजय दिलाउन मद्दत पुर्याएका थिए। त्यस्तै बलिङ्ग तर्फ़ जेसन होल्डरले बैंगलोरको ३ विकेट लिए ।
यो हारसँगै आरसीबीको यस बर्षको आईपीएल यात्रा समाप्त भएको छ ।
कप्तान विराट कोहलीको नेतृत्वको आरसीबीको आईपीएल च्याम्पियन बन्ने अर्को प्रयासलाई पनि यसले असफल बनाइदिएको छ ।
सनराइजर्स हैदराबादले अब फाइनलका लागि दिल्ली क्यापिटल्ससँग आइतबार खेल खेल्दै छ ।
यसअघि बुधबार भएको पहिलो दिल्ली क्यपिटल्सलाई ५७ रनले हराएर साबिकको बिजेता मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरिसकेको छ। –एएनआई