आज देशभर १ हजार ९ सय ४६ कोरोना भाईरसबाट संक्रमित भएका छन् ।
देशका विभिन्न प्रयोगशालामा ८ हजार ७ सय ५३ जनाको पिसिआर परिक्षण गर्दा ८ सय १६ महिला र ११ सय ३० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काडमाडौमा ६ सय ४२, ललितपुरमा १ सय ५ र भक्तपुरमा १ सय ८८ सहित काठमाडौ उपत्यकामा ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै आज प्रदेश १ मा २ सय २७, प्रदेश २ मा ३८, वागमती प्रदेशमा ९ सय ७८, गण्डकी प्रदेशमा ३ सय ९९ , लुम्बिनी प्रदेशमा २ सय ९ ,कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा ९३ जना संक्रमित भएका छन् ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाईरसको संक्रमणबाट आज २ हजार ५ सय ३ जना निको भएका छन् । यो सँगै हालसम्म संक्रमणबाट निको हुने दर ८१ दशमलव ९ प्रतिशत अर्थात संख्या १ लाख ७० हजार ६ सय ३२ पुगेको छ ।
कोरोना संक्रमणका कारण आज थप १३ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार २ सय १५ पुगेको छ ।
यस्तै देशभरका ३६ हजार ४ सय ५२ जना कोरोना भाइरसका संक्रिय संक्रमित मध्ये ७ हजार ७ सय २० जना होम आईसोलेसनमा रहेका छन् ।
यस्तै गम्भीर लक्षण देखिएका ३ सय ७६ जनाको आई.सी.यू मा र ७४ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।