‘सरकार परिवर्तन हुन्छ भन्ने हल्ला आधारहिन हो’

प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभुत विद्यालयका १० जना विद्यार्थीलाई ५ लाख रुपैँया छात्रवृत्ति दिनुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले, विकास र स्थिरताको बाटोमा अघि बढेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने हल्लाको पछाडि कुनै आधार नरहेको स्पष्ट पार्नु भएको छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित घुन्सा पुग्नु भएका प्रधानमन्त्री ओलीले, दुवै छिमेकी देशहरू सँग सन्तुलित सम्बन्ध कायम गरेर राष्ट्रिय आवश्यकताको पक्षमा सरकारले काम गरिरहेको बताउनु भयो।

प्रधानमन्त्री ओलीले दुर्गम क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ योजना सञ्चालनमा ल्याएको र ग्रामीण सम्भावनाको विशेष महत्त्व रहेको चर्चा गर्नु भयो ।

घुन्सा फाउन्डेसनले सञ्चालन गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्नुका साथै प्रधानमन्त्री ओलीले, ताप्लेजुङकै ओलाङचुङ्कगोलामा रहेको बिओपि को हवाइयात्रा मार्फत निरीक्षण गर्नु भएको छ ।

घुन्साबासीले राखेका विभिन्न मागलाई सरकारले ध्यान दिने समेत उहाँको भनाई छ । यता प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले घुन्सा आधारभुत विद्यालयका १० जना विद्यार्थीलाई ५ लाख रुपैँया छात्रवृत्ति दिनुहुने भएको छ । कार्यक्रमकैबीच उहाँले जेष्ठ नागरिक तथा वृद्धवृद्धाहरुलाई न्यानो कपडा समेत वितरण गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली आजै इलाममा आयोजना गरिने कार्यक्रममा सरिक हुनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, नेकपाका नेता सुवास नेम्वाङ लगायत घुन्सा आउनु भएको छ ।


ताजा खबर