कोरोना संक्रमितको कूल संख्या २,२७,६४० पुग्यो

कोरोना भाइरसबाट आज देशभर थप १ हजार ६ सय १४ जना संक्रमित भएका छन् ।

देशका विभिन्न प्रयोगशालामा ९ हजार ४ सय ९१ ओटा रियल टाइम पीसीआर परीक्षण गर्दा ९ सय ७४ पुरुष र ६ सय ४० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै आज काठमाडौँ उपत्यकामा ४ सय ४८ पुरुष र ३ सय ३७ महिला गरी ७ सय ८५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।यस्तै आज कोरोना सङ्क्रमणबाट थप १ हजार ४ सय ३७ जना सङ्क्रमण मुक्त भएका छन् ।

यस सँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ प्रतिशत रहेको छ ।

आज देशभर गरी १६ हजार ७ सय ९३ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।सक्रिय संक्रमित मध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसन तथा बाँकी ६ हजार २ सय १८ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गम्भीर लक्षण देखिएका ३ सय ३३ जना आइ.सी.यु मा र ५६ जनाको भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।यसै गरी आज कोरोना सङ्क्रमणका कारण थप २३ जनाको मृत्यु  भएको छ ।

सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको कूल सङ्ख्या १ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर