उखु किसानहरु शाान्तिपूर्ण प्रर्दशनमा

गत वर्ष सरकारसँग गरेको बाचा उद्योगीले पूरा नगरेको भन्दै सर्लाहीका उखु किसानहरुले आइतबारदेखि काठमाडौको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन शुरु गरेका छन् ।

गत वर्ष भएको त्रिपक्षीय सहमती अनुसार चिनी मिल सञ्चालकहरुले उखु किसानहरुको वक्यौता रकम नदिएपछि आफूहरु शाान्तिपूर्ण प्रर्दशनमा आउनु परेको किसानहरुले बताएका छन् ।

यसपटकको शान्तिपूर्ण प्रर्दशनमा गत वर्षको पुस १६ गते भएको सम्झौता कार्यान्वयन गर्ने मागमा केन्दित गरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनु भयो ।

उद्योग मन्त्रालयलले भने उद्योगीहरुलाई उखु किसानको बक्यौता रकम भुक्तानी गर्न पटक पटक निर्देशन गरेको भए पनि भुक्तानी नपाउँदा किसान प्रर्दशनमा आएको विषयमा जानकारी भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले सोमवार मन्त्रालयमा किसानका मागका बारेमा छलफल गरी अघि बढने बताउनु भयो ।


ताजा खबर