काठमाडौं। १० महिनापछि शिशिर ढुंगाना अर्थमन्त्रालय फर्किएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री कार्यालयबाट ढुंगानालाई राजस्व सचिवमा सरुवा गरिएको हो।
अर्थमन्त्रालयमा रहेर धेरै समय काम गरेका ढुंगाना राजस्व प्रशासनमा दख्खल राख्छन्। लालशंकर घिमिरेले असोज १० गते अवकाश पाएपछि राजस्व सचिव खाली थियो। राजस्व असुलीको खाड्ल बढ्दो क्रममा छ। राजस्व बढाउने दायित्व समेत राजस्व सचिवकै हुन्छ। निजी क्षेत्र र कर्मचारीबीच तालमेल मिलाएर राजस्व असुली बढाउन विगतमा ढुंगाना सफल भएका थिए।