आजबाट रु रु जलविद्युत् परियोजनाको आइपीओ निष्काशन तथा विक्री खुला भएको छ । परियोजनाले १ सय रुपैयाँ अंकित दरमा २० रूपैयाँ प्रिमियम जोडेर १ सय २० रूपैयाँ प्रति कित्ताका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन तथा विक्री खुला गरेको हो ।
कम्पनीले निष्काशन तथा विक्री खुला गरेको कुल आइपीओमध्ये ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र २० हजार ३८५ सय कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने बाँकि रहेको ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा छिटोमा चैत २४ गते बैंकिङ समयसम्म र सो अवधिसम्ममा माग अनुसार आवेदन नपरेको खण्डमा वैशाख ३ गते बैकिङ समयसम्म आवेदन दिन सकिने जनाएको छ ।
यस आइपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ । ग्रेड– ३ रेटिङले अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।
लगानीकर्ताले सि–आस्वा सदस्य लिएका सबै बैंक तथा वित्तीय संस्था र बैंकका सम्पुर्ण शाखा कार्यालयहरुबाट र मेरो शेयरको एपबाट आवेदन दिन सकिनेछ ।