दैनिक २० किलोसम्म सुन आयात गर्न राष्ट्र बैंकको अनुमति

नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको परिणाम २० किलोग्राम कायम गरेको छ ।

राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र २०७६ को सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि २०६८ लाई संसोधन गर्ने आयात परिणाम दोब्बरले बढाएको छ । एक वर्ष अगाडि राष्ट्र बैंकले आयात परिणाम घटाएर दैनिक १० किलोग्राममा झारेको थियो ।

कोभिड माहामारीको समयमा अनुत्पादनमुलक वस्तुको आयातलाई घटाउन सुनको आयातलाई निरुत्साहित गरेको थियो । यसै अवधिमा सुनको भाउले ऐतिहासिक नयाँ रेकर्ड बनाउदा खासै खरिद बिक्री हुन सकेको थिएन । तर पछिल्लो समय सुनको माग अनुसार आपुर्ती नभएको भन्दै सुनचाँदी व्यवसायीहरुले परिणाम बढाउन दवाव शिर्जना गर्दै आएका थिए ।

राष्ट्र बैंकले सुनको आयात घटाउदा बजारमा सुनको अभाव देखिएको र चोरबाटोबाट ल्याउदै आएका छन् । बैंशाख जेठ असार विवाहको सिजन हो । विवाहको समयमा धेरै मात्रामा सुनको माग हुने भएकाले केहि समयदेखि व्यापारीहरुले लविङ गर्दै आइरहेका छन् । विश्व बजारमा आकासिको सुनको भाउ लगातार घटिहेकाले पनि सर्वसाधारणले सुनको गरगहना बनाउन माग गरिरहेका छन् ।


ताजा खबर