प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने हुनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट आज बिहान ११ः०० बजे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।
‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको हो ।
प्रधानममन्त्रीको सचिवालयका अनुसार निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरु छनोट गरिएको हो । नेपालको सडक सञ्जालको क्षेत्रमा यी सडकहरुमा रणनीतिक महत्त्व छ ।
सबै ठाउँमा प्रधानमन्त्रीज्यू पुग्न सम्भव नभएकोले एकै ठाउँबाट शिलान्यास गर्न लागिएको प्रधानमन्त्रीको सचिवलायले स्पष्ट पारेको छ।