कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्न कार्यकर्तालाई निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम तथा  नियन्त्रणमा लाग्न पार्टीका सबै तहका कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मुलुकमा कोभिड संक्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रवक्ता ज्ञवालीले लकडाउन मात्र सबै समस्याको समाधान नभकाले कोरोना हटस्पट भएका ठाउँमा बाहेक अरू ठाउँमा तत्काल लकडाउन नहुने बताउनुभयो ।प्रवक्ता ज्ञवालीले सरकारमाथि अविश्वासको प्रस्ताव दर्ता भए त्यसको प्रतिरक्षा कसरी गर्ने भन्ने विषयमा समेत बैठकमा छलफल भएको जानकारी दिनुभयो । –रासस


ताजा खबर