कोरोनाले थप ३५ जनाको मृत्यु : ४९२८ मा संक्रमण पुष्टि

आज देशभर कोरोना सङ्क्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ४६ पुगेको छ ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण हुने दैनिक मृत्यु सङ्ख्या मध्ये आज सबैभन्दा बढीको मृत्यु भएको हो ।

आज देशभर ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ५ सय ९७ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ वटा एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौँमा १ हजार १ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ गरी काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।आज रुपन्देहीमा ५ सय २८, बाँकेमा ४ सय ८९, कैलालीमा ३ सय ३९, दाङमा १ सय ८१, पर्सामा १ सय ५०, सुर्खेतमा १ सय ३६, चितवनमा १ सय ३०, मोरङमा १ सय ३७ र कास्कीमा १ सय १२ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ ।हाल देशभर ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित मध्ये ३ सय ३७ जनाको आइसियु र १ सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार हाल काठमाडौँ उपत्यका सहित १२ जिल्लामा ५ सय भन्दा बढी सङ्ख्यामा संक्रमितहरु उपचाररत छन् ।

आज ८ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ८८ दशमलव २ प्रतिशत रहेको छ ।


ताजा खबर