कोरोना भाइरस कोभिड-१९ को असरका बाबजुद पनि ९ महिनामा २७ वाणिज्य बैंकहरुको नाफा बढेको छ ।
२७ वाणिज्य बैंकहरुले साउनदेखि चैत मसान्तसम्म कुल ५० अर्ब ७३ करोड रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन् ।
गत वर्षको तुलनामा बैंकहरुको समग्र नाफा १३.५ प्रतिशत बढेको छ । गत वर्ष बैंकहरुले यसै अवधिमा ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा कमाएका थिए।
नबिल बैंकले ९ महिनामा ३ अर्ब ६८ करोड रूपैयाँ खुद नाफा कमाउँदै सबैभन्दामाथि रहेको छ । नबिलसँगै ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनआइसी एसिया तीन अर्बभन्दा बढी कमाउनेमा परेका छन् । त्यसैगरी नाफा घट्नेमा ६ बैंक छन् ।
एभरेष्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसीसी, एसबिआई र सेन्चुरीको नाफा घटेको हो। अन्य २१ बैंकको नाफा भने बढेको छ ।