आज देशभर ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ हजार ४ सय ३ वटा नमुनाको पिसिआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना र ५ सय ६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज काठमाडौँमा १ हजार ९ सय ३२, ललितपुरमा ३ सय ५५ र भक्तपुरमा २ सय ८ गरी काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ ।
आज बाँकेमा ५ सय ५१, रुपन्देहीमा ४ सय २२, दाङमा २ सय ५१, कैलालीमा १ सय २५, कास्कीमा २ सय १२, पर्सामा १ सय ६३, काभ्रेपलान्चोकमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको छ ।मन्त्रालयको तथ्याङ्क अनुसार आज सबैभन्दा बढी २० देखि ३९ उमेर समूहका २ हजार ७ सय ८७ जना संक्रमित भएका छन् ।
यस्तै १९ वर्ष मुनिका ४ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ ।हाल देशभर ४३ हजार २ सय १३ जना सक्रिय संक्रमित मध्ये ४ सय १ जनाको आइसियु र १ सय १० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कोरोना सङ्क्रमणका कारण आज थप १९ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमण पछि ज्यान गुमाउनेको सङ्ख्या ३ हजार २ सय ९८ पुगेको छ ।
आज १ हजार २ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ८५ दशमलव ९ प्रतिशत रहेको छ ।