अमेरिका सरकारले आफ्नो दातृ निकाय युएसएआईडी मार्फत कोरोनाको महामारी विरुद्ध लड्न नेपाल सरकारलाई ८५ लाख डलरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
एक अर्ब नेपाली रूपैँया बराबरको उक्त सहयोगले नेपाल सरकारलाई कोभिड १९ को परीक्षण, कनट्याक्ट ट्रेसिङ, उपचार, सङ्क्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण लगायतका प्रयासहरूमा मद्दत पुर्याउने अमेरिकी राजदूतावासद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरेको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर झेलिरहेको बेला नेपाललाई दिइएको उक्त सहयोगले नेपाल र अमेरिका बिचको ७० वर्ष लामो प्रगाढ द्विपक्षीय सम्बन्ध र साझेदारीलाई थप पुष्टि गरेको विज्ञप्तिमा जनाइएको छ ।