साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा नेप्से परिसूचक २.०७ प्रतिशत बढेको छ ।
गत साता २६११.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन ५४ अङ्क बढेर २६६५.१० विन्दुमा पुगेको छ । परिसूचकसँगै आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ ।यस दिन २२६ कम्पनीहरूका ८३ हजार ४०४ पटकको कारोबारमा ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री गरेको छ ।
नेप्से बढेसँगै यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका मध्ये २५ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।