आज देशभर कोरोना भाइरसबाट ७ हजार ६ सय ६० जना संक्रमित भएका छन् ।
१६ हजार १ सय ३१ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ७ हजार ५ सय ८७ जना तथा ५ सय ७१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७३ जना गरी जम्मा ७ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।देशभरबाट गएको २४ घण्टामा १ हजार ७ सय ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ८२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।देशभरि आज कोरोना सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा ५९ हजार ७ सय ९८ सक्रिय संक्रमित आइसोलेसनमा उपचार गराइरहेका छन् ।