थप ९,१९६ जनामा कोरोना पुष्टिः ५० जनाको मृत्यु

 आज देशभर कोरोना भाइरसबाट ९ हजार १ सय ९६ जना संक्रमित भएका छन् ।

१९ हजार ९ सय ८७ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ९ हजार २३ जना तथा ४ सय ९५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ सय ७३ जना गरी जम्मा ९ हजार १ सय ९६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ ।देशभरबाट गएको २४ घण्टामा २ हजार ९ सय ५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ७८ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।देशभरि आज कोरोना सङ्क्रमणबाट ५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ५ सय ७९  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा हाल ७८ हजार ६ सय २९ सक्रिय संक्रमित आइसोलेसनमा उपचाररत छन् ।


ताजा खबर