श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा अस्ट्रेलिया विजयी : वार्नरको शतकमा १३४ रनको फराकिलो अन्तरसहित जित

श्रीलंकाविरुद्धको पहिलो टी–२० खेलमा घरेलु टिम अस्ट्रेलिया विजयी भएको छ।

अस्ट्रेलियाले ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरको शतकमा श्रीलंकालाई आइतबार १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

एडिलेडमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २ विकेटको क्षतिमा २३३ रनको फराकिलो योगफल खडा गर्‍यो।

अस्ट्रेलियाका लागि वार्नरले नटआउट १०० रन जोडे। उनले ५६ बलमा १० चौका र ४ चौका हिर्काए।

कप्तान तथा ओपनर आरोन फिञ्चले ६४ रन जोड्दा ग्लेन म्याक्सवेलले २८ बलमा ७ चौका र ३ छक्का हिर्काउदै ६२ रन बटुले।

२३४ रनको लक्ष्य पछ्याएका श्रीलंकाले ९ विकेटको क्षतिमा ९९ रन मात्र जोड्न सक्यो।

श्रीलंकाका लागि डासुन सनकाले सबैभन्दा बढी १७ रन जोडे।

श्रीलंकाको इनिङ सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए। मिचेल स्टार्क र पाट कमिङ्ग्सले २–२ विकेट लिए।

 


ताजा खबर