भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि दिइने

सरकारले चीनमा विकास भएको खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते नै जेठको २ देखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले खोप तालिका सार्वजनिक गरेको छ । दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

खोप तालिका


ताजा खबर