बिहिवार देशभर ८ हजार ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२० हजार २ सय ४५ नमुनाको परीक्षण गर्दा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।काठमाडौँमा २ हजार ७ सय ३३, ललितपुरमा ४ सय ८१ र भक्तपुरमा ३ सय ४८ सहित काठमाडौँ उपत्यकामा ३ हजार ५ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
तथ्याङ्क अनुसार काठमाडौँ र रुपन्देहीमा ५ सय भन्दा बढी सङ्ख्यामा संक्रमण पुष्टि भएको, १० जिल्लामा २ सय भन्दा बढी र ६ जिल्लामा सय भन्दा बढी सङ्ख्यामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ ।आज थप २ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै हालसम्म नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४ हजार ४ सय ६६ पुगेको छ ।हाल देशभर १ लाख ५ हजार २ सय ७ जना सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये १ हजार ३ सय ८१ जना आइसियुमा र ३ सय ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालये जनाएको छ ।
५ हजार ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ७४ दशमलव ६ प्रतिशत रहेको छ ।