नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटे र हिमालयन बैंक लिमिटेड एक आपसमा गाभिने भएका छन् ।
नेपाल राष्ट्र बैंकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटे र हिमालयन बैंक लिमिटेडबिच एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै देशका यी ठुला वाणिज्य बैंक एकापसमा गाभिने भएका छन् ।
नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ उक्त समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैङ्कका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो । दुवै बैंक एकाकार भएपछि बैङ्कको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा अशोक शमशेर राणा रहने सहमति भएको छ ।
त्यसै गरी गाभिएपछि गठन हुने बैंकको सञ्चालक समितिमा दुवै बैङ्कको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने तथा नयाँ सञ्चालक समितिले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।
कार्यक्रममा दिइएको जानकारीअनुसार हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुजी रु.१६.२६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पू‘जी रु. १०.६८ अर्ब रहेकोमा दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुजी रु. २६.९४ अर्ब हुनेछ ।
–रासस