~ज्वाला ढकाल
आजभोली
शहरहरु निद्रामा मस्त छन्
अस्पतालहरु अस्तब्यस्त छन्
जनताहरु जिबन र मृत्युको
भिषण युद्धमा युद्धरत छन्
कोहि यहाँ आफ्नै पिठो बिकाउनमा मस्त छन्
बिचरा कसैको भने चामल पनि बोरैमा छ ।।
अस्तब्यस्त परिस्थितिलाइ सुधार्न
कोहि यहाँ दिनरात खटिरहेछन्
बाढिको बिचै बिच बगिरहेको
जिबन नैयालाइ पार लाउन गबना खियाइरहेछन्
अफसोच
जिबन नैया कतिका
मृत्यु शैया बनिरहेछन्
बोटेहरु आफ्नै
टाउको समाति
पछुताइ रहेछन्।।