इटालियन कप अथवा कोपा इटालियाको उपाधि युभेन्टसले चुमेको छ ।
गएराति सम्पन्न खेल फाइनल खेलमा एटलान्टालाई २-१ गोलले पराजित गर्दै युभेन्टसले २०२०-२१ को इटालियन कप उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
पहिलो हाफ १/१ गोलको बराबरीमा टुंगिएको खेल दोश्रो हाफमा भने रोमाञ्चक बन्न पुग्यो ।
एटलान्टाका ४ खेलाडीले पहेंलो र एक खेलाडीले रातो कार्ड समेत पाए ।
१० खेलाडीमा सिमित एटलान्टालाई खेलको ७३ औँ मिनेटमा दोश्रो गोल थप्दै युभेन्टसले जित सुनिश्चित गरेको थियो ।
गतबर्ष नापोलीसँग फाइनलमा पराजित भएको युभेन्टसको यो १४ औँ इटालियन कप उपाधि हो ।
आफ्नै घरेलु लिगमा शीर्ष चार स्थानमा अटाउन प्रयत्नरत युभेन्टसलाई यो उपाधिले ठूलो राहत मिलेको छ ।