राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सचिव केशवप्रसाद घिमिरेले जनाएका छन्।
नागरिकता सम्बन्धी विधेयकमा विवाद हुँदा संसद्बाट पारित हुनसकेको छैन।
जनता जमाजवादी पार्टी (जसपा)को माग अनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याएको हो।