सोमबार सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ ।
सोमबार १३ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ जुन रकम अहिलेसम्मकै उच्च हो ।कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक पनि उच्च अङ्कमा पुगेको छ ।
३ अङ्कले बढेर परिसूचक २८२३ अङ्कमा कायम भएको छ । बैङ्किङ ४, जलविद्युत ५ र निर्जीवन बिमा १९६ अङ्कले बढेका छन् ।
व्यापार ५७, होटेल तथा पर्यटन १७, विकास बैङ्क ३२, फाइनान्स ३६, उत्पादन ४७, अन्य ९, माइक्रो फाइनान्स ५ र जीवन बिमा समूह ५५ अङ्कले घटेका छन् ।