देशभर थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण

आज देशभर कोरोना भाइरसबाट ८ हजार ६ सय ३६ जना संक्रमित भएका छन् ।

२२ हजार ३ सय ६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ८ हजार ३ सय ८७ जना तथा ६ सय ३० वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा २ सय ४९ जना गरी जम्मा ८ हजार ६ सय ३६ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ ।देशभरबाट गएको २४ घण्टामा ६ हजार ४ सय ४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ७६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभर आज कोरोना सङ्क्रमणबाट १ सय ६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार ७ सय पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल नेपालमा १ लाख १७ हजार २ सय ६१ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।


ताजा खबर