राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरी तीन अध्यादेश जारी गर्नुभएको छ ।
आजै बसेको मन्त्रिपरिषदको बैठकले ती तीन अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । यी अध्यादेश जारी भएसँग आज अर्थमन्त्रीले वजेट सार्वजनिक गर्न मार्ग प्रशस्त भएको छ । अर्थमन्त्रीले केही बेरमा सिंहदरवार वर्ष आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको छ ।