नेपालमा थप ४ हजार ३ सय सय ६९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको प्रेस व्रिफिङ्मा मन्त्रालयका सह प्रवक्ता प्रा.डा. समीरकुमार अधिकारीले १० हजार ९ सय ८६ नमूनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय २ जना र १ हजार ७ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो ।
काठमाडौँमा ८ सय ४ जना, भक्तपुरमा १ सय १३ जना र ललितपुरमा १ सय ७६ जना गरी काठमाडौँ उपत्यकामा जम्मा १ हजार ९३ संक्रमित थपिएका छन् ।
यस्तै नेपालमा थप ६ हजार २ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ७९ दशमलव २ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयका सह प्रवक्ता डा.अधिकारीले बताउनुभयो ।यस्तै आज थप १ सय ९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ भने देश भर गरी जम्मा १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये १ लाख १ हजार ३ सय ३४ जना होम आइसोलेसन तथा बाँकी ७ हजार ५ सय ६३ जना विभिन्न अस्पताल एवं संस्थागत आईसोलनसन केन्द्रहरूमा रहेका छन् ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितमध्ये १ हजार ५ सय ४५ जना आइसियुमा रहेका छन् भने ४ सय ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।