नेपालमा अहिले नयाँ भेरियन्ट भेटिएको छैन : मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गर्नुभयो ।

अहिले नेपालमा कोभिड–१९ को भेरियन्ट अफ कन्सर्नभित्र परेका ‘अल्फा र ‘डेल्टा मात्र भेरियन्ट रहेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा मात्र सक्रिय रहेको उहाँले जानकारी दिनु भएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन नेपालले पनि नेपालमा नयाँ भेरियन्ट कुरा जानकारी नभएको स्पष्ट पारेको छ ।


ताजा खबर