इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख उद्धबसिंह भाटले युवाहरुद्वारा संचालित आइसोलेसन सेन्टरलाई आर्थिक सहयोग गरेका छन् ।
डिएसपी भाटले बरहथवा-१०,सीतापुर स्थित आइसोलेसन केन्द्रमै पुगी आफ्नो मासिक तलबको आधा तलब बराबरको रु. २५००० नगद सहयोग गरेका हुन् ।
नगरमा कोभिड संक्रमित बिरामीहरु उपचार बाट बन्चित नरहून भन्ने उदेश्यले संचालन गरिएको उक्त निशुल्क आइसोलेसन केन्द्रमा आबद्ध युवाहरुको मनोबललाइ उच्च सम्मान गर्न आफु जोडिन पाउँदा निकै सन्तुष्टिको अनुभव प्राप्त भएको उनले बताए ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भाटको सहयोगको प्रशंसा गर्दै यसले आफु र आफ्नो टिमलाई झन् उर्जाशील बनाएको सर्लाही कोभिड-१९ य्रापिड रेस्पोन्स टिमका संयोजक नवीन यादवले बताउनु भयो ।
जिल्लाका सक्रिय युवाहरुको सहभागिता रहेको उक्त टीमले जिल्लाका २० वटै स्थानीय निकायमा ‘निशुल्क स्वास्थ्य परिक्षण तथा हेल्प डेस्क’ कार्यक्रम समेत संचालन गर्दै आएका छन् ।
टिएनएमसि आइसोलेसन केन्द्रका कार्यकारी निर्देशक सरोज रायको पनि उपस्थिति रहेको थियो ।