दुई हजार भन्दा बढीमा कोरोना सङ्क्रमण

पछिल्लो समय नेपालमा आज थप दुई हजार ६२२ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४९९ नमुनाको पिसीआर परीक्षण गर्दा एक हजार ७४५ र चार हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी दुई हजार ६२२ मा कोरोना सङ्क्रमण देखिएको हो ।


हालसम्म छ लाख ११ हजार ४२९ कोभिड–१९ बाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २११ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर रहेका २५ हजार ६९० सक्रिय सङ्क्रमितमध्ये २२ हजार ९९८ होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा दुई हजार ६९२ रहेका छन् । तीमध्ये ५७१ जनाको आइसियु र १८० को भेन्टिलेटरमा उपचार भइरहेको छ । निको हुने दर ९४।६ रहेको छ । 


त्यस्तै, पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।  


ताजा खबर