बीमा समितिले जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।
समितिले बीमालेख स्वीकृति प्रक्रियालाई सरलीकृत र व्यवस्थित बनाई एक रुपमा कायम गर्न बीमा ऐन अनुसार निर्देशिका जारी गरेको जनाएको छ ।
निर्देशिका अनुसार अब बीमालेख तयार पार्दा बजार अनुसन्धानको प्रतिवेदन, जोखिमको पहिचान, आंकलन तथा न्यूनीकरण सम्बन्धी योजना, बीमालेख बजारीकरण योजना र न्यूनतम ३ वर्षको वित्तीय प्रक्षेपण बीमालेखको व्यावसायिक योजना तयार पार्नु पर्दछ ।
बीमा कम्पनीले बीमालेख अन्तर्गत ३ वर्षको बीमाशुल्क प्राप्त भएपछि मात्रै (एकल बीमालेखको हकमा पनि) बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण लिन पाउनेछन् । –रासस