कृष्ण भगवानको जन्मसम्बन्धी तीजको गीत
शोभा पाण्डेय / सिलवाल
देवकी र बासुदेवको बिहे हुन लाग्यो
शिरफूल दाइजो दिए बरिलै ।
पुर्याउन भनी आफैँ कंश गएको
आकाशवाणी कंशले सुन्यो बरिलै ।
आकाशवाणी सुनेर बैनी मार्छु भनेर
हातमा खड्ग लियो बरिलै ।
छैटौँ गर्भ मराए,सातौँ गर्भ सराए
अष्टम गर्भ भगवान् ले बासै लिनु भो ।
भदौ महिनाको अष्टमी तिथि
के बार पर्यो कृष्णको जन्म ?
के तिथि पर्यो न्वारन है ?
बुधबार अष्टमीमा जन्मे बालक कृष्ण
तृतीय पर्यो न्वारन है ।
तृतीया न्वारन परेको हुनाले
सातै दिन झरी पर्यो बरिलै ।
सातै दिन झरी परेको हुनाले
गोकुल बगाई लग्यो बरिलै ।
गोकुल बगाई ंमथुरामा पुर्यायो
कृष्णले रक्षा गरे बरिलै ।