एमसीसीका बारेमा दलहरुबीच फरक मत रहेका बेला नेपाल भ्रमणमा रहनु भएकी एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवाका साथै विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नु भएको छ ।
भेटमा उपाध्यक्ष फतिमाले आयोजनाको उपादेयताका बारेमा जानकारी गराउँदै पारदर्शीपूर्ण छलफलका आधारमा परियोजना अगाडि बढाउँदा सहज हुने धारणा राख्नु भएको बताइएको छ ।