साफ च्याम्पियनशीपका लागि नेपाली टोली कतार प्रस्थान


अर्को महिला माल्दिभ्समा आयोजना हुन लागेको दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली कतार जाँदैछ ।

नेपाली टोलीलाई युवा तथा खेलकूद सचिव केदर न्यौपाने र फुटबल संघका अध्यक्ष लगायत एन्फाका पदाधिकारीहरुले बिदाई गर्नुभएको हो ।

टोलीमा २४ खेलाडीसहित अन्य अफियसियलहरु रहनुभएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरी कतारमै छन् भने मुख्य डिफेन्डर रोहित चन्द इण्डोनेशियाबाट सिधै कतार जानेछन् ।

यही असोज १५ गतेबाट सुरु हुने १३औं साफ च्याम्पियनशीपका लागि नेपाली टोली असोज ११ गते कतारबाटै माल्दिभ्स प्रस्थान गर्नेछ । पाँचवटा देशहरु सहभागी रहने साफ खेल असोज १५ गतेदेखि असोज ३० गतेसम्म माल्दिभ्सको मालेमा आयोजना हुँदैछ ।

साविक विजेता तथा आयोजक राष्ट्र माल्दिभ्सँग नेपालले असोज १५ गते पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल असोज १८ गते श्रीलंकासँग र असोज २४ गते साफको सर्वाधिक बलियो टोली भारतसँग खेल्नेछ । नेपालले हालसम्म साफ च्याम्पियनशीपमा सेमिफाइनल पार गर्न भने सकेको छैन । – रासस


ताजा खबर