राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनुभएको हो ।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्री गण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनहुन्थ्यो ।
मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको हो ।