साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ ।
नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज विमानस्थल पुग्नुभएको थियो ।
मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३-० अन्तरले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो ।
नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । –रासस