थप ४ सय ७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा शनिवार २ सय ९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
५ हजार २ सय २५ नमूनाको पिसिआर परीक्षण गर्दा २ सय ६० जना तथा ३ हजार १८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी थप २ जनाको मृत्यु भएपछि हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ४ सय ७१ पुगेको छ ।
देशभर गरी ७ हजार २ सय ७८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।