बुधवार देशभर ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ हजार ९ सय ९३ नमूनाको परिक्षण गर्दा ४ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना सङ्क्रमणबाट बुधवार २ सय २ जना निको भएका छन् ।
कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८३ पुगेको छ ।