शेयर बजार परिसूचक साताको पहिलो दिन आइतबार ७२.३० अंकले घटेको छ ।
बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको नेप्से २५१३.८८ विन्दुमा रोकियो ।
आइतबार २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो भने ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ ।
आइतबार वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा गिरावट आएको छ ।
न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो ।