~ज्वाला ढकाल
मैले हरेक दिन म हुनुको मु्ल्य चुकाउनु परेको छ
मैले हरेक दिन
छोरी हुनुको मुल्य चुकाउनु परेको छ
मैले आमाको गर्भमा हुदा देखिनै
छोरी हुनुको मुल्य चुकाउनु परेको छ
म छोरी भएकै निहुँमा
मेरि आमाको गर्भ मै म मारिनु पर्छ
म छोरी भएकै निहुँमा
म जन्मिदा म रोएको आवाजलेनै
छोराको सपना देख्ने मेरो घरमा
सन्नाटा छाएको हुन्छ
म छोरी भएकै कारण
बामे पनि सर्न नपाउदै
बलात्कार को शिकार हुनुपर्छ
म छोरी भएकै कारण म दुइ खुट्टाले ताते ताते गर्दा नै
मेरा लागि निति नियम हरु बन्न थाल्छन्
म छोरि भएकै कारण
म किशोर अवस्था पार गर्दा नगर्दै
मेरा बा र मेरि आमाको
टाउको दुखाइ र अनिद्रा को कारण बन्छु
म छोरी भएकै कारण
मेरा माइतिको ऋण को कारण बन्छु
म छोरी भएकै कारण
दाइजो को निहुँमा
जिउदै जल्न बाध्य हुन्छु
म छोरि भएकै कारण
हरेक रात रोएको हुन्छु
म छोरि हुनुकै कारण
मेरा ओठ बाट मुस्कान हरु खोसिन्छन्
म छोरी हुनुकै कारण
मेरो अनुहारबाट ज्योति हराउछ
मैले म छोरी हुनुकै कारण हरेक पाइला पाइलामा
दुब्यवहार सहनु पर्छ
म छोरी हुनुको मुल्य
हरेक दिन चुकाउनु पर्छ।।