रामेछापमा ॐ अस्पतालको बृहत स्वास्थ्य शिविर सम्पन्न


काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.ले रामेछापमा दुइदिने बृहत स्वास्थ्य शिविर संचालन गर्यो ।

May be an image of 14 people, people standing, outdoors and text that says "Om Health Campus"

तामाकोशी अस्पतालसँगको सहकार्यमा यहि चैत्र १८ र १९ गते संचालित बृहत स्वास्थ्य परिक्षण शिविरमा मुटुरोग मृगौला रोग, स्त्री तथा प्रसुती रोग, बाल रोग, हाड जोर्नी रोग, दन्त रोग, पेट तथा कलेजो रोग, जनरल फिजिसियन, जनरल सर्जरी लगायतका विशेषज्ञको अर्थपूर्ण सहभागिता थियो ।

May be an image of 2 people, people sitting and people standing

शिविरमा चिकित्सकहरुको टोलीले रामेछापका विभिन्न गाँउपालीका तथा नगरपालिकाबाट आएका ५०० जना भन्दा बढि विरामीहरुको स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार गरेको थियो ।

अस्पतालको संस्थागत समामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको बृहत स्वास्थ्य परिक्षण शिविरको नेतृत्व ॐ हस्पिटलका वरिष्ठ पेट तथा कलेजो रोग सर्जन प्रा.डा. रविन कोइरालाले गर्नुभएको थियो ।

May be an image of 3 people, people sitting, people standing and indoor
May be an image of 4 people, child, people standing and people sitting

ॐ अस्पतालका जनरल फिजिसियन डा. परशुराम घिमिरेले संयोजन गर्नुभएको सो स्वास्थ्य परिक्षण शिविर तामाकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा गरिएको हो ।

May be an image of 4 people, child and people sitting
May be an image of 2 people and people standing

नेपालमा निजि क्षेत्रवाट सञ्चालित अग्रणि अस्पतालका रुपमा परिचित ॐ हस्पिटलले वि.सं. २०४६ सालदेखी निरन्तर रुपमा विशिष्टिकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ ।

३६ वटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जना भन्दा बढि नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जना भन्दा बढि कर्मचारीहरु सहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ ।

विश्व स्तरिय उपचार सेवाकालागि गुणात्मक तथा सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको तथा आधुनिक उपकरणहरु समेत उपलब्ध रहेको ॐ हस्पिटलमा एकै छानामुनी सबै किसिमका उपचार सेवा उपलब्ध रहेका छन् ।नेपालमा सन्तान विहिन दम्पतिहरुकालागि आइभिएफ सेवा- (टेष्ट ट्युव बेबी) शुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजार भन्दा बढी दम्पतिहरुले वात्शल्य सुख प्राप्त गरिससकेका छन् ।

पछिल्लो पटक ॐ अस्पताल सघन उपचारको सुलभ र सहज गन्तव्यका रुपमा समेत परिचय बनाउन सफल भएको छ । क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका विशेषज्ञ चिकित्सक तथा सघन उपचार नर्सिङमा विशेष तालिम प्राप्त नर्सिङ स्टाफहरुको संलग्नतामा उपचार सेवा प्रदान गरिने यस अस्पतालमा २० शैय्या सहितको लेभल थ्री आइसियू सेवा सञ्चालनमा रहेको छ ।

इमर्जेन्सि मेडिसिनका विशेषज्ञ चिकित्सकको नेतृत्वमा आकस्मिक उपचार सेवा उपलब्ध रहेको छ । साथमा इएमएस भ्यान सहित पेसेन्ट ट्रान्सफर तथा हवाई एम्बुलेन्स (मेडिकल हेली रेस्क्यु) सेवा समेत सञ्चालनमा रहेको छ ।


ताजा खबर