आइसिसी महिला यु–१९ विश्वकप छनोटको लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ४४ खेलाडीलाई क्लोज क्याम्पको लागि बोलाएको छ ।
बिहीबार क्यानले विश्वकप छनोटको लागि भन्दै ४४ महिला किशोरी खेलाडीलाई पहिलो चारणको क्याम्पमा बोलाएको हो । सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यु–१९ महिला विश्वकपको लागि खेलाडीलाई क्याम्पमा बोलाइएको हो ।
क्लोज क्याम्प वैशाख १० गतेबाट सुरु हुने समेत क्यानले जनाएको छ । पहिलो संस्करणको विश्वकपमा १६ राष्ट्रको सहभागिता रहने छ । -रासस