~ शोभा शिलवाल
सतीले सरापेको देश मेरो नेपाल
निहारिका राजपुतको नि भा छ बेहाल ।
हत्यारा र बलत्कारी जोगाउने यो देशमा
न्याय माग्दा बस्नुपर्यो अस्पतालमा ।
भागीरथी ,निर्मला कति मर्ने छोरी ?
निहारिका अबला कठै विचरी ।
पेट्रोल छर्की मर्छुभन्दा मर्न पनि नदिने
गरी खान्छु भन्दा खेरि न्याय नदिने ।
बच्चाको बाउ भनी तोक्दा पनि आमाले
के हेरेर बसेको छ प्रशासनले ?
पहिले नै डि एन ए गरिदेको भए त
अहिलेसम्म दुवैलाई पीडा हुन्थ्यो त ?
वादी र प्रतिवादी दुवैलाई राखेर
छिटो टुङ्ग्याऊ यो मुद्दा बच्चा हेरेर ।
बाउको टुङ्गो लाउनलाई किन यति भो गाह्रो?
कतै ठुलाबडा नै छैनन् तगारो ?
न्याय छिटो नदिनु नि अन्याय गर्नु हो
निहारिकालाई जिउँदै मार्नु जस्तेै हो ।
अन्धो छ कि बहिरो हाम्रो नेपाल सरकार
निहारिकालाई न्याय देऊ अहिले भर्खर।