नेपाली यु १५ राष्ट्रिय महिला फुटबल टिमको टुङ्गो लाग्यो

नेपाली यु १५ राष्ट्रिय महिला फुटबल टिमको टुङ्गो लागेको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले शनिबार यु १५ साफ महिला च्याम्पियनसिप खेलने २३ सदस्यीय टिमको घोषाणा गरिन् ।

नेपाली टिमले नोभेम्बरमा बंगलादेशमा हुने साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

शनिबार घोषित नेपाली किशोरी टिममा तीन गोलकिपर राधिका ओली, सुजता तामाङ र रुपा धितालले स्थान बनाएका छन् ।

यस्तै, रक्षापंतीका लागि सिता रोकाय, अमिता भुल, दीपा मगर, अन्जना पुन मगर, प्रेना डोल्मा लामा, रेनु लिम्बु र विपना शाहीलाई मुख्य प्रशिक्षक भगवतीले समावेश गरेकी छन् ।

सिम्रन राई, पुनम चेम्जोङ, भावना परियार, सबिता मन्डल, भुमिका बुढाथोकी, सुशिला केसी, सुक्रिया मिया, रेबिका नेपाली र मनिषा सेन मिडफिल्डमा परेका छन् ।

फ्रन्टलाइनका लागि अट्याकर दीपा रोकाय, समिक्षा मगर, वर्षा ओली र सेनु परियारलाई टिममा समावेश गरिएको छ ।


ताजा खबर