काठमाडौं । पछिल्लो तीनमहिनाको अवधिमा दैनिक उपभोग्य, खाद्य तथा गैरखाद्य वस्तुको महङ्गी ६.४४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको तथ्याङ्ले यस्तो देखाएको हो ।
२०७६ असोजमा बार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिर्ती ६.२१ प्रतिशत छ । जुन, गतबर्ष ४.६८ प्रतिशत थियो । तीन महिनाको अवधिमा खाद्य तथा पेय पदार्थमा ७.०४ र गैरखाद्य पदार्थमा ५.५५ प्रतिशतले महङ्गी बढेको हो ।
खाद्य तथा पेय पदार्थसमुह अन्र्तगत तरकारी, मासु, माछा,फलफुल, मसला र गैरखाद्य अन्र्तगतका घरायसी सामान, लुगा, जुत्ता लगायतका सामानको मुल्य उच्च वृद्धि भएको हो ।
सवैभन्दा बढि महंगी काठमाडौंमा
याे अवधिमा काठमाडौंमा सवैभन्दा बढि वस्तुको भाउ बढेको देखिन्छ । सो अवधिमा काठमाडौं उपत्यकामा ८.१४, तराइमा ५.७५, पहाडमा ४.८९, हिमालमा ५.११ प्रतिशत महंगी बढेको देखिन्छ । सवैभन्दा बढि जनसंख्या रहेको संघीय राजधानी काठमाडौंमा महंगीको ठूलो मार परेको तथ्यांकले देखाउँछ ।