अफ्रिकी देश मोरोक्को कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरोक्कोले पोर्चुगललाई १-० गोलले हरायो ।
मोरोक्कोको जितमा युसुफ एन नेसरीले निर्णायक गोल गर्नुभयो । नेसरीले ४२औं मिनेटमा याह्या अतिया अल्लाहको पासमा गरेको हेडगोल टोलीको जितमा प्रयाप्त बन्यो ।
मोरोक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देश समेत बनेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा बल पोसेसनमा अब्बल रहेपछि पोर्चुगलले गोल गर्न सकेन ।
पहिलो हाफमै गोल खाएको पोर्चुगलले खेलको अन्तिमसम्म गोल फर्काउने मौका पाएपनि सफल भएन । दोस्रो हाफमा रोनाल्डोका दुई वटा प्रयासलाई मोरोक्कोका गोलरक्षकले विफल पारेका थिए ।