गर्भवती तथा शिशुलाई दुध खुवाईरहेकी आमाको लागि खानेकुरा ब्यवस्थापनमा परिवारको भुमिकाका विषयमा ॐ अस्पतालमा कार्यरत बरिष्ठ पोषणविद् ज्ञानिशोभा शाक्यसँग शोभा शर्माले गर्नुभएको कुराकानीको संपादित अंश ।
पोषिलो खाना भनेको के हो ? यस भित्र कुन कुन खानेकुराहरु पर्दछन् ?
पोषिलो खाना भनेको शरीरको वित्तिय कोष तथा तन्तुहरुको निमार्ण शरीरको सुरक्षा गर्न र शक्ति उत्पादन गर्न खाईने खानालाई बुझाउँछ। यस भित्र अन्न तथा कन्दमुल, गेडागुडी, पशुपन्छीजन्य खानेकुरा हरियो सागपात र पहेलो खानेकुराहरु पर्दछ।
गर्भवती महिला, सुत्केरी एवम ६ महिना माथिका बच्चाका आमालाई विविध पोषिलो खानेकुराको महत्व के छ ?
कुनै पनि आमा गर्भवती भएपछि गर्भवती आमालाई एकदम पोषिलो खानाहरु खुवाउन पर्छ। बच्चा जन्मिसकेपछि पनि ५ महिना क्रमश दुध मात्र खुवाइ राख्नु पर्छ। त्यसपछि बच्चा दुई वर्ष नपुग्नुजेल सम्म थप खानाहरु मिलाएर खुवाउनु पर्ने हुन्छ। किनभने बच्चाको दिमागको बृद्धि विकास जन्मेको दुई वर्ष भित्र ८० प्रतिशत विकास हुनुपर्नेे हुन्छ । त्यसैले बच्चालाई, आमालाई राम्रोसँग खुवायो भने राम्रो गर्न सकिन्छ भन्ने हो।
पोषिलो खानेकुरा कसरी मिलाएर खुवाउने यस बारेमा पनि बताई दिनु न ?
पोषिलो खाना हरेक बार खाना चार भने जस्तै अन्न तथा कन्दमुल एकै पटक सकिदैन भने हरियो सागपात र पहेँलो फलफुलमा कुनै एक चिज बारीमा सागपात, फलफुल लगाउन सकिन्छ। गेडागुुडीहरुलाई सिठि लगाएर राम्रो सँग पकाएर खुवाउन सकिन्छ। पशुपन्छीजन्य खानेकुरा माछा मासुमा कोही शाहाकारी हुनुहुन्छ भने उहाँहरुलाई दुध, दही, मही, घ्यु खुवाउन सकिन्छ। मांशाहारी हुनुहुन्छ भने उहाँहरुलाई घरमा कुखुरा पालेर कुखुराको अण्डा, मासु, माछा समय मिलाएर खुवाउन सकिन्छ।
सुत्केरी आमाले खाने पोषिलो विविध खानाहरु कति महिना अथवा कति वर्ष सम्म खान जरुरी छ ?
सुत्केरी अवस्थामा बच्चालाई दुध चुसाइरहनुन्जेलसम्म विषेश गरी २ वर्षसम्म निरन्तर खानुपर्ने हुन्छ। सुत्केरी भएपछि पहिलाको खाना भन्दा दुई पटक थप गरेर खानुुपर्छ । विस्तारै बच्चालाई थप खान सुरुगरेपछि कम गरेर खुवाउनु सकिन्छ।
गर्भवती र स्तनपान गराइरहेका आमाहरुको लागी विविध पोषिलो खानेकुराको जोहो कसरी गर्न सकिन्छ ?
गर्भवती र स्तनपान गराईरहेका आमाहरुको लागि खानाको जोहो परिवारको सदस्यहरुले आफनो बारीमा सागपात, फलफुल, गेडागुडीहरु रोपेर, गर्भवती र स्तनपान गराईरहेका महिलाहरुलाई घरमा राखेर आर्थिक हिसावले हेर्दा श्रिमान वा घरमा जो सदस्य हुनुहुन्छ उहाँहरुलाई पठाएर त्यसरी नै खुवाउन सकिन्छ । बारीमा सिजन अनुसारको खानेकुरा जस्तै सागपात पहेँलो फलफुल बनाएर खुवाउन सकिन्छ ।
पोषिलो खानेकुरा मिलाएर खुवाउन सकिन्छ, मिलाउने तरिका पनि भन्दिनुस् न?
पोषिलो खानेकुरा अन्न तथा कन्दमुलमा खाना खान्छौँ,रोटिहरु बनाएर खान सकिन्छ। गेडागुडी खान सकिन्छ । गेडागुडी भन्ना साथ चना, केराउलाई मात्र गेडागुडी मानिन्छ तर हाम्रो बारीमा पाइने भटमास, मास, बोडि जस्तो गेडागुडीलाई पनि लिनु पर्ने हुन्छ । जस्को कारणले हाम्रो आर्थिक पाटोमा धेरै सहयोग गर्ने हुन्छ।
पशुपन्छीजन्य खानेकुरामा प्राय गाउँघरमा भैँसी कुखुराहरु पाल्ने गरीन्छ । भैँसीबाट दुध,दही, घ्यु, मही उत्पादन हुन्छ भने कुखुरा पाल्नु भयो भने कहाँ किन्न जाने, पैसा छैन भन्नु परेन । घरमा कुखुरा पाल्नु भयो भने । अण्डा खान सकिन्छ । हरियो सागपात हामीले बारीमा सिजन अनुसारको लगाउन सकिन्छ भने पहेँला फलफुल पनि बारीमा सिजन हनुसार अम्बा, केरा जस्ता फलफुल खान सकिन्छ ।
पेटमा भएको बच्चा हुर्काउन कस्तो खाना खुवाउन पर्छ?
पेटमा भएको बच्चालाई आमाले नै हरेक बार खाना चार मिलाएर खानुपर्ने हुन्छ। हरियो सागपात तथा पहेँलो फलफुल खाएर बच्चालाई राम्रो गर्न सकिन्छ। नियमित रुपमा स्वास्थ्य संस्था गएर नियमित जाँच गराउँदा आईरन क्याल्सियम निरन्तर खाईरहने र सल्लाह पनि लिन सक्नुहुन्छ।
बजारमा सुत्केरी मसला विक्रि वितरण भइरहेको छ भन्ने सुनेको छु । सुत्केरी मसला भित्र के–के मिसाएर बनाएको हुन्छ ? यसले फाइदा बेफाइदा के गर्छ ?
सुत्केरी मसला पहिला देखिनै बजारमा किनेर खाने चलन त छ। सुत्केरी मसलामा विषेश गरी काजु, बदाम शरीरलाई बलियो बनाउने खानुकुराहरु नै पर्छन्। काजु, बदाम, छोकडा, रातो औषधी, गुद, नरिवल लगेर सुत्केरी अवस्था कम्मर धेरै नदुखोस भन्ने तरीकाले खुवाउने गरिन्छ। त्यो चिल्लो पदार्थमा बढि पकाउन पर्ने हुँदा ग्यास्टिकको समस्या हुनसक्छ। त्यस्तो खानेकुरा खादाँ बिहानै अथवा सुत्ने बेलामा नखाईदिनु होला।
बच्चा पेटमा रहँदाको खानपान र बच्चा जन्मीसकेपछिको खानपानमा के भिन्नता छ ? पालन पोषणमा महत्वपुर्ण भुमिका पेट भित्र रहदाको हुन्छ कि बाहिर आएपछि खानाको रहन्छ ?
बच्चा पेटमा आएपछि बाटनै एकदम राम्रोसँग ध्यान दिएर खानेकुराहरु खुवाउनु पर्ने हुन्छ। बच्चा हुर्किनको लागि बेलै देखि पोषणयुक्त खाना खुवाउनु भयो भने बच्चा पेट देखि नै राम्रो बनेर आउने हो,बच्चा जन्मेपछि पनि खुवाउनुपर्छ ।तर बच्चा पेटमा रहँदा अझ बढि विषेश ध्यान दिनुपर्छ।तपाईहरुको घरको सदस्यहरुको महत्वपुर्ण भुमिका हुने गर्छ।खानेकुरा सबै घरमा नहुन सक्छ आफुले जसरी जोहो गर्न सकिन्छ त्यसैगरी लेराएर खुवाउन सकिन्छ।
सुत्केरी अथवा गर्भवती महिलाले पोषिलो खाना खाने सन्दर्भमा बजारमा पाइने जुन हर्लिक्सहरु खुवाउन उपयुक्त हुन्छ कि हुँदैन ?
सुत्केरी अथवा गर्भवती अवस्थामा सकेसम्म आफनै वरपर पाइने खानेकुरालाई विषेश जोड दिनु पर्छ। हर्लिक्स खुवाउन नहुने होइन खुवाउन हुन्छ तर यसले गर्मी महिनामा धेरै गर्मी गराउने हुन्छ। खुवाउन हुन्छ तर भएसम्म आफनै घरमा पाईने सबै खानेकुराहरु मिलाएर खुवाउने ।हर्लिक्स किन्ने पैसाले माछा मासु खुवाउनुहोस्। माछामासु खानु हुदैन भने घ्यु छैन भने किनेर लेराउनुस्।दुध, दही, गेडागुडी, सागपात लेराउनहोस् । यस्तो खानेकुरामा ध्यान दिँदा अझ राम्रो हुन्छ।
स्थानिय स्तरमा,आफनै घरबारीमा भएका खानेकुराहरु पनि त पोषिलो होलान् नी । ति पोषिलो खानेकुरा कुन कुन हुन् ?
आफनै घरबारीमा भएको खाना एकदम पोषिलो हुने गर्दछ । हामीले मिलाएर खान जान्यौँ भने देखि जस्तै अन्नपात तथा कन्दमुल कोदो, गहुँ, फापर, चामल पर्छन भने कन्दमुलमा शखरखण्ड मुला, गाँजर यस्ता चिज अनि हरिया सागपात सिजन अनुसार लगाउन सकिन्छ । अहिले रायो सागको सिजन छ । मेथीको साग, बेथे जस्ता सागहरु सिजन अनुसार लगाएर गर्न सकिन्छ।
माछामासु अण्डामा घरमा के पाल्न सकिन्छ के बाट उत्पादन गर्न सकिन्छ आफुले घरमा पालेर हुन्छ भने कुखुरा पाल्न सकियो, भैँसीबाट दुध, दही, मही खान सकियो। गेडागुडीमा विषेश गरी बोडि, भटमास, मास, सिमिको दाना संचय गरेर राखेर पछिसम्म खुवाउन सकिन्छ। आफनो घरबारीमा भएका खानेकुरा झनै बढि पोषिला हुन्छन ।
आफ्नै घरबारीमा के कस्ता पोषिला खानेकुराहरु उत्पादन गर्न सकिन्छ ? र यसमा परिवारको भुमिका के हुन सक्छ ?
आफनै घरमा उत्पादन नहुने खानेकुरा सायद कम नै हुन्छन्। गर्भवती वा सुत्केरी आमाले धेरै खटेर काम गर्न नसक्ने हुनाले घरको सदस्यले, श्रिमान, सासु ससुराहरुले, नन्द देवर उहाँहरले बारीमा सिजन अनुसारको तरकारी गेडागुडि, हरियो सागपात, पहेँलो फलफुलहरु, गाजर सिमि तरकारीहरु लगाउन सकिन्छ। परिवार मद्धत नगरी यो कुरा सम्भव पनि छैन। पेटमा बच्चा भएको आमाले धेरै खटेर गर्न नसक्ने अवस्थामा परिवारका सदस्यहरुको नै ठूलो हात रहन्छ।
गर्भवती र सुत्केरी आमाले साविकको भन्दा थप कति पटक खाना खानु पर्छ ?
गर्भवती महिलाले साविकको भन्दा थप एक पटक खानुपर्ने हुन्छ । जसमा हरेक बार खाना चार मिलाएर खानुपर्ने हुन्छ।सुत्केरी अवस्थामा साविकको खाना भन्दा कम्तिमा थप दुई पटक खानु पर्ने हुन्छ।त्यो भन्दा बढी सुत्केरी आमाले खान चाहनुभयो भने जति पनि खुवाउन सकिन्छ।
घरमै भएको खानेकुरामा विविधता ल्याउन घरमै भएका अन्नअनाज, सागपात तरकारी, अण्डा मासुलाई के कसरी मिलाएर खान–खुवाउन सकिन्छ ?
घरमै भएको खानेकुरामा विविधता ल्याउनको लागि हामीले सामान्य बिहान बेलुका खान सक्छौँ । गर्भअवस्थामा साविकको भन्दा एक बढि खानु पर्छ भन्दै गर्दा अन्न भयो, जुनसुकै सागपात भएपनि हुन्छ। बारीमा केही लगाउन सकिने अवस्था छैन भने सिस्नुको साग, बेथेको साग सकिन्छ। हामीले खती गर्न नपर्ने सागहरु हुन। सिवि, बकुल्लाको दाना पिसेर, भटमास, मास, बोडिको दानाहरुलाई पकाएर खुवाउन सकिन्छ। दुध दही माछामासु एकै चोटि खानुपर्छ भन्ने होइन तर जुनसुकै चिज भएपनि एक पटकमा एक चिज नछुटाउँदा एकदम राम्रो हुन्छ।
गर्भवती र स्तनपान गराइरहेका महिलाहरुलाई खाना खाने बेलामा परिवारका सदस्यहरुले कसरी प्राथमिकता दिनु पर्दछ ?
प्राथमिकता दिनु पर्दछ किनभने बच्चा पेटमा रहे देखि नै राम्रोसँग खुवाउन सक्यो भने एकदम राम्रो हुने हो। घरको कामलाई थाती राखेर बारीमा तरकारी लगाउने पानी छैन भने घरमा भाँडा माझेको पानीलाई जम्मा गरेर राख्ने व्यवस्था गरीदिने। लुगा धोएको पानी जम्मा गरेर राख्ने। त्यो गरेपछि तरकारी र सागपातमा हाल्न सकिने भयो ।
बच्चाको आमाको लागी विविध पोषिलो खानेकुराहरु जोहो गर्दिने,मिलाएर बच्चाको आमालाई खुवाउने कुरामा परिवारको भुमिका के हुन्छ ?
परिवारको भुमिका नै मेन हुन्छ। जोहो गर्नको लागि गर्भवती आमा कही गएर कमाएर केही गरेर लेराउन सक्ने अवस्थामा हुँदैन। सुत्केरी आमा पनि बच्चा रोइराखेको हुन्छ लेराएर खुवाउन सक्ने अवस्था हुदैन त्यसको लागि घरको सदस्यहरु काम गर्न जानुपर्ने हुन्छ। हाम्रो पुराना चलन घरको सदस्यले नखाई बुहारीले खान हुँदैन भन्ने चलन छ। त्यो चलनलाई हटाएर खाना पाकिसकेपछि सबै भन्दा अगाडि प्राथमिकतामा राखेर गर्भवती महिला र सुत्केरी महिलालाई पहिला खाना खुवाएर परिवारका सदस्यलाई पछि खुवाउन सकिन्छ।
अहिले कोरोना भाइरसको महामारीको अवस्थामा गर्भवती तथा स्तनपान गराइरहेका आमालाई पोषिलो खानेकुरा पुगोस् भन्नका लागि परिवारका सदस्यले के कसरी ध्यान दिनुपर्छ ?
कोरोना भाईरसको समयमा सकेसम्म घरभन्दा बाहिर निस्किदा मास्क लगाएर गाउँमा सेनिटाईजरको व्यवस्था नहुन पनि सक्छ।त्यो बेलामा साबुन पानीले हात धुने।सागपात, गेडागुडी, पहेँला फलफुलहरु बारीमा लगाउने,सकिन्छ भने कुखुरा पाल्न सकियो, भैँसीबाट दुध, दही,मही खान सकियो। यसरी नै परिवारको मुखय भुमिका हुन्छ ।
अन्त्यमा, महामारी, बिपत वा चाडवाड जस्तो सुकै अवस्थामा पनि गर्भवती तथा स्तनपान गराउने आमाको खानेकुरालाई परिवारका सदस्यले किन प्राथमिकतामा राख्नुपर्छ ?
जुनसुकै अवस्थामा पनि गर्भवती तथा स्तनपान गराउने आमाको खानेकुरालाई परिवारले प्राथमिकतामा राख्नु पर्छ। बाहिर जानु भएको छ भने समयमा गर्ने सकिन्छ भने आफु घरमा बसेर दिने सकिदैन भने बनाएर राख्दिने झिकेर खाउँ भन्ने सहयोग गर्यो भने एकदम राम्रो हुन्छ।